निःशुल्क हाडजोर्नी शिविर – News Nepal Media
Trend

फिदिममा सञ्चालन भएको १० दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा एक सय आठ जनाको शल्यक्रिया तथा दुई सय २६ जनाको जाँच गरिएको थियो । हाडजोर्नीको समस्या भएका र शरीरको विभिन्न अङ्गमा राखिएको स्टील रड पनि निकालिएको चिकित्सक मिङमा गेल्जेङ शेर्पाले बताउनुभयो । विपन्न नागरिकलाई लक्ष्य गरी घरआँगनीमै सेवा प्रवाह गर्ने उद्देश्यले पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

उक्त नगरपालिका तथा पाँचथर जिल्ला अस्पतालले आयोजना गरेको सो शिविरमा नेपाल माउण्टेन मोबाइल अस्पताल तथा सोलखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने स्थानीय जनसेवा समाजले शिविर व्यवस्थापन गरेको थियो । यसअघि पनि सोही टोलीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि सुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP