📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

निःशुल्क हाडजोर्नी शिविर

🕒 December 16, 2022

फिदिममा सञ्चालन भएको १० दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा एक सय आठ जनाको शल्यक्रिया तथा दुई सय २६ जनाको जाँच गरिएको थियो । हाडजोर्नीको समस्या भएका र शरीरको विभिन्न अङ्गमा राखिएको स्टील रड पनि निकालिएको चिकित्सक मिङमा गेल्जेङ शेर्पाले बताउनुभयो । विपन्न नागरिकलाई लक्ष्य गरी घरआँगनीमै सेवा प्रवाह गर्ने उद्देश्यले पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

उक्त नगरपालिका तथा पाँचथर जिल्ला अस्पतालले आयोजना गरेको सो शिविरमा नेपाल माउण्टेन मोबाइल अस्पताल तथा सोलखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने स्थानीय जनसेवा समाजले शिविर व्यवस्थापन गरेको थियो । यसअघि पनि सोही टोलीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि सुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो ।