📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा

🕒 May 3, 2022

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आउनुभएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आउनुभएको छ । उहाँलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गर्नुभयो । कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नाका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आउनुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिनुभयो । उहाँका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा–१३स्थित मियाँपाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । दुईदिने पोखरा बसाइका क्रममा उहाँले यहाँका पर्यटकीय गन्तव्यहरु फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ । विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “टर्की र मथ्यपूर्वी देशका पर्यटकहरु हिमाल आरोहणलगायत साहसिक गतिविधिका लागि आउने गरेका छन् । पछिल्लो समय कोरोनापछि यहाँको पर्यटन उकालो लाग्दै आएकोे अवस्थामा चर्चित कलाकारको आगमनले यसको प्रवद्र्धनमा थप मद्दत पुग्ने विश्वास लिएका छौँ ।”टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिफिल्म ‘अर्तुग्रुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गर्नुभएको छ । सोही चलचित्रमार्फत उहाँ विश्वभर चर्चित हुनुभएको हो । सो चलचित्र विश्वका धेरै भाषामा अनुवाद गरिएको छ ।