शुक्रबार , बैसाख ५, २०८२
हुम्लामा चिसोले धारामै हिउँ जम्न थाल्यो – News Nepal Media
Trend

हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो ।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ । सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ । बाल्टिनलगायत अन्य भाँडामा जम्मा गरेर राखेको पानीसमेत जमेर हिउँमा परिणत हुन थालेको सिमकोटका स्थानीयवासी माया लामाले बताउनुभयो । दिउँसो घाम लागेपछि मात्रै जमेको हिउँ पग्लिने गरेको छ ।

यस्तै उत्तरी चीनको सीमानाका हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी बस्दै आएका छन् । चिसो बढ्दै गएपछि हिल्सा प्रहरीचौकीका सुरक्षाकर्मी यसअघि नै सदरमुकाम फिर्ता भएका थिए भने सशस्त्र प्रहरी मात्रै सीमा सुरक्षामा रहँदै आएका छन् । मङ्सिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरीचौकी जिल्ला सदरमुकामतिर सर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP