📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

जानी राखौं, मधुमेह र ब्यायाम सम्बन्धि यस्ता तथ्यहरु प्रमाणित छन्

🕒 December 21, 2022

पछिल्लो समय यता मधुमेहको बिरामी बढ्दै जान थालेका छन्। डब्लुएचओको अनुसार विश्वव्यापी रूपमा अनुमानित ३४६ मिलियन मानिसहरू मधुमेह रोगबाट ग्रषित रहेका छन् । साथै मधुमेह भएका चारमध्ये तीन जना न्यून र कम अवस्थामा बाँची रहेका छन्।

नेपाल मधुमेह संघका अनुसार शहरी क्षेत्रका २० वर्षभन्दा माथिका १५ प्रतिशत र ४० वर्षभन्दा माथिका १९ प्रतिशतलाई मधुमेहले असर गर्छ । डब्लुएचओका अनुसार नेपालमा ४३६,००० भन्दा बढी मानिसलाई मधुमेहले असर गरेको छ र सन् २०३० सम्ममा यो संख्या १३ लाख २८ हजार पुग्ने अनुमान रहेको छ ।

मधुमेह एक पुरानो रोग हो, जुन तब हुन्छ जब प्यान्क्रियाजले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन, वा जब शरीरले उत्पादन गरेको इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन। यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ जसलाई हामीले हाइपरग्लाइसेमिया भन्ने गर्दछौ । मधुमेहलाई दुई प्रकारले चिन्न सकिन्छ। टाइप 1 मधुमेह (पहिले इन्सुलिन-निर्भर वा बाल्यकालमा सुरु हुने मधुमेह भनेर चिनिन्थ्यो) इन्सुलिन उत्पादनको कमीले विशेषता हो।

टाइप 2 मधुमेह (पहिले गैर-इन्सुलिन-निर्भर वा वयस्क-सुरु मधुमेह भनिन्छ) शरीरमा इन्सुलिनको अप्रभावी प्रयोगको कारणले हुन्छ। यो प्रायः अत्यधिक शरीरको वजन र शारीरिक निष्क्रियताको परिणाम हो।

मधुमेह भन्नाले एक मेटाबोलिक बिकार जस्मा रगतमा रकेको चिनीको मात्रा: बिशेषगरि ग्लुकोजको मात्रा अत्याधिक रुपमा बढ्दछ । मधुमेह मुलत दुई किसिमले लाग्नसक्छ: एक चिनीको मात्रा नियन्त्रणगर्ने हर्मोन “इन्सुलिन” को उत्पादनमा कमि वा इन्सुलिन ले ग्लुकोज माथि गर्ने प्रतिक्रियामा आँच आउनु । गएको २० वर्षमा मधुमेहको बिरामीहरुमा उल्लेखनीए रुपमा वृद्धि समेत भएको छ। आज मधुमेह विश्वमै एक डरलाग्दो समस्याको रुपमा स्थापित भैसकेको छ। साथै यो बिश्वोब्यपी सामुदायिक स्वास्थको बिषय बनिसकेको छ। यस्तै नेपाल पनि यो भयाबह स्तिथिबाट अछुत्तो रहन सकेको छैन । नेपालमा केहि सोधपत्र मार्फत गरिएको खोजले मधुमेहको व्यापकता १०% को हाराहारी रहेको जनाएपनि बढ्दो सहरीकरण, जिबनशैली परिवर्तन, शारीरिक सक्रियताको कमिले येसको बिध्यमान स्तिथि अझ जटिल हुनसक्ने विज्ञहरु आँकलन गर्दछन ।

बीर अस्पतालको प्रमुख फिजियोथेरापी यूनिट बिनय कंडेल यस्तो भन्नुहुन्छ,

फिजियोथेरापी एक प्रमाणमा आधारित चिकीत्सा पद्दति हो । फिजियोथेरापीले मधुमेहको रोकथाम, उपचार र ब्यबस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। मधुमेहको लागि फिजियोथेरापी भन्नाले ब्यायाम र सो समन्धि शिक्षा, शारीरिक सक्रियता, बिभिन्न किसिमका जोखिममा नियन्त्रण जस्तै ब्लड प्रेसर को नियन्त्रण आधि हुन सक्दछन् ।

मधुमेह र ब्यायाम सम्बन्धि निम्न तथ्यहरु प्रमाणित छन्,
– ब्यायाम मधुमेह को लागि एक महत्वपूर्ण उपचारात्मक पद्दति हो ।
– ब्यायामले मुटुको क्षमतामा बृदिगरि , मुटुतथा रक्तनली समबन्धि रोगको जोखिमलाई घटाउने काम गर्दछ ।
– कुनै पनि किसिम को मधुमेह को बिरामीलाई ३०- ६० मिनेटको मध्यम तीब्रताको ब्यायाम गर्न सुझाब गरिन्छ ।
– अत्यन्त जटिल किसिम को रेटिना (आँखा) को रोग बाहेक हरेक किसिम क मधुमेहको बिरामीको लागि शक्ति विकासगर्ने कसरत गर्न सकिन्छ ।

मधुमेह हुन नदिन के गर्ने ?
– दैनिक रुपमा ब्यायाम गर्ने।
– आफूलाई सकेसम्म सक्रिय राख्ने ।
– अफिसमा बसेरगर्ने काम भए , समय-समयमा उठ्ने, २-४ पाइला हिड्ने जस्तै पानी लिन जाने, एक चक्कर लाउने
खानपानमा बिशेष ध्यान दिने।
– सक्रिय रहन दौडने, साइकल चलाउने, पौडने, मर्निंग वाक गर्ने वा कुनै किसिमको कसरत गर्ने।

मधुमेह भैसकेका बिरामीले के गर्ने?
मधुमेह भैसकेपछि खानपान मा नियन्त्रण, चिकित्सकको सल्लाह बमोजिम औसधि सेवन गर्नुपर्दछ। यो बाहेक शारीरिक सक्रियता राख्न ब्यायाम गर्न पनि उत्तिकै आवश्यक छ।

मधुमेह भएपछिपनि माथि उल्लेख गरिएका सम्पूर्ण कसरत गर्न सकिन्छ तर कसरत गर्दा कुन कसरत कतिको तिब्रताका साथ गर्नुपर्दछ फिजियोथेरापिस्ट संग उचित परामर्श लिनु पर्दछ ।