संसदीय दलको नेता आज माओवादी केन्द्रले चुन्दै

आज नेकपा माओवादी केन्द्रले आफ्नो संसदीय दलको नेता चुन्ने भएको छ। बिहिबार अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाइएर संसदीय दलको नेता चयन गर्ने बताइएको छ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चयनको बैठक बोलाउने भनिएको हो। यतिबेला माओवादी केन्द्रमा संसदीय दलको नेता अध्यक्ष पुष्प कमल दाहाल नै चुनिने पक्का पक्कि देखिन्छ। प्रतिनिधि सभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिट गरि जम्मा ३२ सिट जितेको छ। अर्थात ३२ जना सांसदले आफ्नो संसदीय दलको नेता चुन्ने जिम्मा रहेको छ।

यस्तै चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसमा सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्य समेत सुरु भएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *