भरूवा बन्दुक सहित छुट्टा छुट्टै स्थानबाट दुई जना पक्राउ

नुवाकोटमा १ थान भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटको म्यागाङ गाउँपालिका-४ किम्ताङ बस्ने २० वर्षीय ईमान तामाङलाई उक्त भरुवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले बन्दुक लोड गरी जंगलमा सिकार गर्न हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको जनाइएको छ ।

यस्तै काठमाडौंको तारकेश्वर नगरपालिका-४ लोलाङ्ग हरियाली बस्ती बस्ने एक व्यक्तिको घरको कोठाबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र गोली १३ राउण्ड बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त कोठामा एकिन नाम, थर, वतन नखुलेको सचिन भैंया भन्ने ब्यक्ति भाडामा बस्दै आएकोमा उनी सम्पर्कमा नआएपछि उक्त कोठा तलासी गर्दा बक्स पलङ्गभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी प्रहरीले बरामद गरेको हो ।

अहिले सोहि विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *