नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै विजयी भएको हो । पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकालेको थियो । जितसँगै पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply