एमालेको संसदीय दलको नेतामा अधिकारी निर्वाचित – News Nepal Media
Trend

नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी निर्वाचित भएका छन् । अधिकारी गत मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा कास्की–१ (१) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

आइतबार पोखरामा बसेको एमाले सांसदको बैठकले अधिकारीलाई निर्विरोध चयन गरेको हो । कुल ६० सदस्यीय प्रदेशसभामा गण्डकी प्रदेशसभामा २२ प्रदेशसभा सदस्य एमालेका छन् ।

पीपीको नेतामा निर्वाचित भएपछि अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP