मापदण्डविपरीतका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रि लामिछानेको निर्देशन

उप-प्रधानमन्त्रि एवं गृहमन्त्री रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन् ।विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि गृहमन्त्रि लामिछानेले मातहत सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारि गर्दै कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

“विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेर कार्यान्वयनमा ल्याएको छ”।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *