बागमती प्रदेशले ल्यायो रु. ५५ करोडको बिउपुँजी योजना

बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउँपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ ।

विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी परिचालन कार्यविधि र मापदण्डसमेत बनाइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बनाएको बिउपुँजी परिचालनसम्बन्धी कार्यविधि अनुसार मातहतको कार्यालयबाट व्यावसायिक योजना पेस गरेका आधारमा योजनाको करिब २० प्रतिशत

साथै मन्त्रालयबाट गठित बोर्ड तथा निर्देशनालयबाट सञ्चालन हुने कार्यक्रमको हकमा व्यावसायिक योजनाको २० प्रतिशत वा बढीमा एक करोडसम्म बिउँपुजी लगानी गर्न सकिने सो मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकरी दिनुभयो । रु १० लाखसम्मको बिउपुँजी उपलव्ध गराउनका लागि कुनै प्रकारको धितोसमेत आवश्यक नरहेको बताइएको छ ।

व्यावसायिक योजनालाई आधार बनाएर बिनाधितो रु १० लाखसम्म बिउँपुजी उपलव्ध गराउने कार्यविधि निर्माण भएको डा पाण्डेले जानकरी दिनुभयो । रु १० लाखभन्दामाथिको बिउपुँजी उपलव्ध गराउँन बैंक ग्यारेन्टी आवश्यक पर्नेछ ।

व्यावसायिक योजनाअनुसार सम्झौतापछि बिउपँुजीको १० प्रतिशत, योजना बमोजिम ५० प्रतिशत, काम भइसकेपछि ४० प्रतिशत र शतप्रतिशत काम भइसकेपछि स्वीकृत बिउपुँजीको ५० प्रतिशत रकम उपलव्ध गराउने कार्यविधिमा उल्लेख छ । नयाँ व्यावसायिक योजनालाई प्राथमिकता दिएर मन्त्रालयले कार्यक्रम ल्याएको भए पनि पुरानो व्यवसायलाई थप विस्तारका लागि पनि बिउपुँजी उपलव्ध गराइने मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले दिएको बिउपुँजी व्यवसायीले बढीमा पाँच वर्षमा फिर्ता गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । बिउपुँजी लिनका लागि कुनै ब्याज तथा शुल्क नलाग्ने भए तापनि किस्ता र भुक्तानी अवधिको निर्माण बिउँपुँजी परिचालन समितिले गर्नेछ ।

बिउँपुँजी परिचालनका लागि बोर्ड/निर्देशनाालय तथा कार्यालयले प्रमुख वा निजले तोकेको वरिष्ठतम् अधिकृतको संयोजोकत्वमा पाँच सदस्यीय बिउपुँजी परिचालन समिति गठन हुने कार्यविधिमा जनाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *