एक्सनमा गृहमन्त्रि रवि: अनुगमन गर्न पुगे राहदानी विभाग

उपप्रधानमन्त्रि एवं गृह मन्त्रि रवि लामीछाने अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका छन्। उनले राहदानी बनाउने सेवाग्राहीले रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता बारे आलोचना गर्दै उक्त विभागमा अनुगमन गर्न पुगेका हुन्।

यसअघि उनले पत्रकारिता माध्यमबाट राहदानी बनाउने सेवाग्राहीहरुले खेपेको सास्तीबारे खबरदारी गरेका थिए। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत राहादानी कार्यालय लगायतको लाइनको अवस्था हटाउने प्रतिवद्धता जनाएका छन्।

प्रचण्डले पदभार ग्रहण गर्ने बेला जनताका आधारभूत सवालमा काम गर्ने बताउंदै यातायात कार्यालय, राहादानी कार्यालय लगायतको लाइनको अवस्था हटाउने प्रतिवद्धता जनाएका हुन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *