शुक्रबार , बैसाख ५, २०८२
मकै पोलेर गुजारा: “खर्च कटाएर दैनिक एक हजारदेखि तीन हजारसम्म जम्मा गर्न सक्छु” – News Nepal Media
Trend

नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटको व्यस्त सडक । सडक छेउ त्रिपाल टाँगेर बनाइएका टहरामा करिब २५ घर परिवार बस्छन् । उनीहरुको दैनिकी मकै पोलेर बिक्री गर्दै बित्छ ।

गैँडाकोटको सडक छेउमा छाप्रोभित्र मकै पोल्दै हुनुहुन्छ गैँडाकोट–७ का पिङ्की दराई । उहाँ विगत पाँच वर्षदेखि यसैगरी मकै पोलेर जीविका चलाउँदै आउनुभएको छ । मकै पोलेरै परिवारको खर्च धानिरहनुभएको छ ।

“छोराछोरीकालाई दिनुपर्ने पैसाका लागि पहिले बुढासँग माग्नुपथ्र्यो तर अहिले पर्दैन”, उहाँले भन्नुभयो, “खर्च कटाएर दैनिक एक हजारदेखि तीन हजारसम्म जम्मा गर्न सक्छु ।”

गैँडाकोट नगरपालिका मकै पकेट क्षेत्रका रूपमा परिचित छ । यहाँ पोलेको मकै बेच्ने सबै जनाले नगरभित्रका विभिन्न स्थानबाट हरियो मकै खरिद गर्ने गर्दछन् । खाली समयको सदुपयोग गर्दै सुरु गरेको व्यापारबाट आम्दानी राम्रो हुन थालेपछि २७ वर्षीय जुना परियार खुसी हुनुहुन्छ ।

सडक छेउमा मकै पोलेर अन्यले राम्रो आम्दानी गरेको र हरियो मकै नगरभित्रै खरिद गर्न पाएपछि जुनाले मकै पोल्ने पेसा सुरु गर्नुभएको हो । गैँडाकोट नगरपालिका–६, ७ र ९ नं वडालाई मकैको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । बाह्रैमासे मकै राम्रो उत्पादन हुने भएकाले पनि यहाँका स्थानीय मकै व्यापारमा आकर्षित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP