गृहमन्त्रालयले आयोगसँग समन्वय गरेर राष्ट्रपतिको निर्वाचन मिति तोकिने

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको लागि निर्वाचन आयोगले प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ संग छलफल गरेको छ। आगामी फागुन महिनामा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल समाप्त हुने र पद रिक्त भएको एक महिना अगाडी नै निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ।

अहिले सोहि बमोजिम निरवाचन गरिने भन्दै निर्वाचन आयोगका प्रवक्ता दिनेश कुमार थपलिया र प्रधानमन्त्रि दाहाल बीच छलफल भएको जनाइएको छ। साथै प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीहरुले छलफल गरेका छन्। एक रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनबारे आयोगका पदाधिकारीहरु संग छलफल गरिएको अर्थमन्त्री विष्णु पौडेल जानकारी दिए।

उनले भने ‘राष्ट्रपति, उपराष्ट्रपति र एक रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनबारे आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ’। यस्तै
गृहमन्त्री रवि लामिछानेले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे गृहमन्त्रालयले आयोगसँग समन्वय गरेर मिति तोकिने बताए ।

उक्त छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेल समेत सहभागी रहेका थिए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *