१४ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बेलबारी नगरपालिका-३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जनाइएको छ ।

अहिले उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *