कम्बोडियाको आगलागीमा परि ज्यान गुमाएका निराकरको शव नेपाल ल्याउने तयारी

कम्बोडियाको पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटलको आगलागीमा परी ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । गत हप्ता झापा बिर्तामोड नगरपालिका-१ का निराकर पाण्डेले उक्त होटेलको १२ तलाबाट हामफाल्दा मृत्यु भएको थियो।

अहिले निराकरको शव आगामी आइतबारसम्म नेपाल आइपुग्ने पारिवारिक स्रोतले जनाएको छ। साथै उनको शव नेपाल ल्याउन सहजीकरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन समेत दिएका छन् ।

यस्तै उनले सोहि होटेलमाथिबाट हामफाल्नु अघि एक भिडियो बनाउंदै छोरासँग मुटु चिर्ने संवाद गरेका थिए। साथै उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए र त्यसपछि उक्त १२ औं तलाबाट हामफालेका थिए।

कम्बोडियाको सोहि होटलको आगलागीमा परि २४ जनाको मृत्यु भएको र कम्तिमा ७० जना आगलागीमा परेर घाइते भएका थिए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *