मकवानपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुरमा भरुवा बन्दुक १ थान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गढी गाउँपालिका-७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *