ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ जनाइएको छ ।
राईले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अहिले उक्त करणीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply