पोखरा विमान दुर्घटना: ज्यान गुमाएकाहरु मध्येको ३८ जनाको सनाखत

यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरु मध्येको ३८ जनाको सनाखत गरिएको छ। आइतबार बिहान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि बाँकी ज्यान गुमाउनेहरुको सनाखत भइरहेको जनाइएको छ।

सनाखत गरिएकाहरुमा निशान्त आचार्य २७ वर्ष, संगिता शाही २३ वर्ष, डा. सुशील श्रेष्ठ ३८ वर्ष, डा.सोना दिवाकर ३६ वर्ष, रियान पौडेल, १० महिना, सदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल ११ वर्ष, अरुण पौडेल ४६ वर्ष, पूर्णकुमार गुरुङ, क्युङ्गचुल यु ४५ वर्ष, कोरियन नागरिक, विजयकुमार गुरुङ ३९ वर्ष, रचना काफ्ले पौडेल, कुश्मा–१ पर्वत, रक्की गुरुङ ३४ वर्ष, डा.गणेश थापा ३७ वर्ष, नतु परियार, रिता परियार काठमाडौँ, हरि परियार काठमाडौँका रहेका थिए।

साथै एसमिन गुरुङ, पुजन राना, सृजना होंगचुन (एयर होस्जेट), त्रिभुवन पौडेल पोखरा–११ फुलबारी, मोहन प्रकाश श्रेष्ठ ३५ वर्ष, युरी ल्यागीन, रसियन नागरिक, एलिना बान्दुरो रसियन नागरिक, जीवनकला गुरुङ, विमानका क्याप्टेन कमल केसी, गायिका निरा छन्त्याल, डा.सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शव, जमुना शर्मा, शालिग्राम आचार्य, बन्दना सुनार, सीता गुरुङ, अनुषा गुरुङ, शिवकुमार गुरुङ ,राजुसिंह ठकुरी, अनिल शाही, फ्रान्सेली नागरिक पास्कल एलेक्स रहेका छन्।

यस्तै उक्त एयरलाइन्स बिहान पोखराबाट १०:३२ उडेको थियो। अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोहि जहाज दुर्घटना भएको हो। विमानमा सवार कुल ७२ जनामध्ये अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । अझै हराइरहेका चार जनाको खोजीकार्य भैरहेको बताइएको छ। बिमान दुर्घटनामा परेको नेपाली ५३ जना बिदेशी वा भारतीय ५ जना रसियन ४ अर्यंत १ कोरिया २ अस्ट्रेलिया १ अर्गेंतिना १ फ्रान्सेली १ गरि जम्मा ६८ जना यात्रु र ४ जना चालक सहित उडेको १० :५० मिनेटमा पोखराको सेती खोजमा परि बिमान दुर्घटनामा भयो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *