माओवादी केन्द्रतर्फबाट तीन मन्त्रिको लाग्यो टुंगो – News Nepal Media
Trend

नेकपा माओवादी केन्द्रले तीन जनालाई मन्त्री बनाउने टुंगो लगाएको छ ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नामबारे आइतबार विहान निकटवर्तीहरुसँग छलफल पछि माओवादीका रेखा शर्मालाई सञ्चारमन्त्रीमा, सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइने बताइएको छ।

यस्तै जनार्दन शर्मा प्रभाकर, राम कार्की, हितराज पाण्डे र धनिराम (डीआर) पौडेल मन्त्री हुने भएका छन् ।

माओवादी स्रोतका अनुसार माओवादीबाट मन्त्री हुनेहरुको मन्त्रालय पनि टुंगो लागेको छ भने एक राज्यमन्त्री टुंग्याउन बाँकी रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP