त्रिभुवन विमानस्थलमा विद्युतीय भ-याङ्ग असजिलो भन्दै नायिका रजकले पोखिन गुनासो

नेपाली नायिका एवं मोडेल उषा रजकले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा निर्माण भएको विद्युतीय भ-याङ्ग असजिलो रहेको भन्दै सुधारको माग गरेकी छन्। उक्त विमानस्थलमा निर्माण भएर सञ्चालनमा आएको नयाँ टर्मिनल भवनको आगमनतर्फ राखिएको विद्युतीय भ-याङ्ग असजिलो र अस्वभाविक रहेको भन्दै गुनासो सुनाएकी हुन्।

उनले करिब १२ बजे आफ्नो सानो नानी र सामान लिएर आउँदा आफुले खेप्नु परेको दुखसहित सोही स्थानबाट चिच्याएर सहयोग माग्दै गरेको र भोगेको कुरा सामाजिक सञ्जालमा भिडियो राखेर प्रसारण गरेकी छन् । सोहि भा-याङ्ग अत्याधिक ठाडो, ठाउँ ठाउँमा ट्रली अड्किने र सोही कारण मान्छेको दुर्घटना हुने सम्भावना देखिएको उनले आफ्नो सामाजिक संजालमार्फत बताईन्।

उनले ब्यागेज ट्रोली अद्किएर सामान सहित लडी खुट्टामा चोट लागेको बताइन। उनले भनिन् “हामि यहाँ बाट आउँदा अद्किएर एक अर्कामाथि खप्तिएर खुटा झन्डै भाचिएको, उनले फेरि थपिन ” सानो बच्चा किच्चिएर झन्डै मर्न लाथ्यो”। आज सम्म किन जवाफदेहि भएन भन्दै प्रश्न समेत गरिन।

“सुरक्षा गार्ड त केवल एक कर्मचारी हो। मुख्य समस्या डिजाइनमा छ”, उनले भनिन् “डिजाइनको स्वीकृति, यस बेल्टमा धेरै दुर्भाग्यपूर्ण घटनाहरू भए पनि अधिकारीहरूले अहिले सम्म केही नगरेको” यस्तै उनले त्रिभुवन विमानस्थलमा भोगेको समस्या निरन्तर आफ्नो सामाजिक संजालमा पोष्ट गर्ने गरेकी छन्।

पछिल्लो समय त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा निर्माण भएर सञ्चालनमा आएको नयाँ टर्मिनल भवनको आगमनतर्फ राखिएको विद्युतीय भ-याङ्ग असजिलो रहेको भन्दै यात्रुहरुले आफ्नो गुनासो पोख्ने गरेका छन्। उक्त टर्मिनल भवनमा लिफ्टहरु समेत भिडभाडा हुने गरेको छ भने टर्मिनल भवनमा बनाइएको विद्युतीय भ-याङ्गबाट सामान ओसारपसार गर्दा दुर्घटना हुने सम्भावना रहेको भन्दै यात्रुहरुले दु:ख खेप्नु परेको बताउछन।

नेपाल नागरिक उद्यान प्राधिकरणको ध्यानाकर्षण

नायिका उषा रजकले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा निर्माण भएको विद्युतीय भ-याङ्ग असजिलो रहेको भन्दै सामाजिक संजालमा प्रसारण गरेपछि नेपाल नागरिक उद्यान प्राधिकरणको ध्यानाकर्षण भएको छ। उक्त प्राधिकरणले एक प्रेस विज्ञप्ति जारि गर्दै कुनै पनि प्रकारको कमीकमजोरीको यथासिघ्र सुधार, सेवा सुविधा अभिवृद्धि जस्ता विषयमा कार्यालय सजक रहेको जनाएको छ।

ट्रोली प्रयोग गर्ने यात्रुहरुलाई त्यहाँ उपलब्ध लिफ्ट प्रयोग गर्न आग्रह गर्दै अन्य सहयोग एवम सुचना अथवा केहि गुनासो गर्नुपर्ने भएमा सोहि समयमा ड्युटीमा रहेका सेक्युरिटी गार्डलाई तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्यलयमा सम्पर्क गर्न उद्यानले अनुरोध गरेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *