नेकपा एमालेका सांसद घिमिरे सभामुख पदमा निर्वाचित

नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। सत्ता साझेदार दलका साझा उम्मेदवार बनेका सांसद घिमिरे निर्वाचित भएका हुन्।

बिहिबार प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनमा उनले कांग्रेसबाट सभामुखका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै विजय हासिल गरेको छन्। उनलाई गृहमन्त्री रबि लामिछाने र उर्जामन्त्रि राजेन्द्र लिङ्गदेनले समर्थन गरेका थिए।

यस्तै उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको थियो । साथै उनलाई सत्ता साझेदार दलको समेत समर्थन थियो।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *