काठमाडौंमा टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक व्यक्ति पक्राउ

काठमाडौंमा टिकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रूकुम (पूर्वी) पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ जनाइएको छ ।

उनले आफ्नो ईसेवा लगायत अन्य डिजिटल वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई आफूले लाभ लिने उद्देश्य राखी टिकटकमा लाईभमार्फत् रकमको बाजी लागाउन्थे। साथै टिकटक लाइभमार्फत उक्त बाजी राख्न लगाई जुवा खेलाई रहेको अवस्थामा फेला पारी काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै उनले ‘क्विक क्यास’ नामक टिकटक आईडीहरु खोली दुइवटा ई-सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानको अनुसार १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरिएको छ । साथै जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर १ थान र जुवा खेलाउन प्रयोग भएका तास ३ बुक प्रहरीले बरामद गरेको छ ।

अहिले उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *