राष्ट्रपतिमा सम्भावित उम्मेदवार भन्दै देउवाले लिए पौडेल र सिटौलाको नाम

राष्ट्रपतिको उम्मेदवारबारे भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम आघि सारेका छन्। सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाको नाम लिएका हुन्।

यस्तै देउवाले कांग्रेसबाटै जसरी पनि राष्ट्रपतिको पद लिनु पर्ने सम्भावित उम्मेदवारका रुपमा उनीहरुलाई छनौट गरेका जनाइएको छ।

यस्तै गरि अर्को तिर प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति निर्वाचनबारे संविधान र ऐन बाझिएको विषय उठाएका थिए । तर सभापति देउवाले यो प्राविधिक विषय भन्दै पन्छाए ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने भन्दै देउवाले धुम्बाराहीमा रहेको आफ्नै निवासमा बैठक बोलाएका थिए ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *