रविको अभिव्यक्तिपछि सञ्चार क्षेत्र तरंगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सञ्चारगृह र सञ्चारकर्मीमाथि आरोप लगाउँदै अभिव्यक्ति दिएपछि संचार क्षेत्र तरंगित बनेको छ। बसुन्धरामा आइतबार आयोजना गरिएको रास्वपाको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले केहि संचारकर्मीहरुलाई आरोप लागाएपछि सामाजिक संजालमा टिकाटिप्पणी भइरहेका छन्।

यस्तै लामिछानेले नेपाली सञ्चारगृह र सञ्चारकर्मीमाथि दिएको अभिव्यक्तिप्रति पत्रकारका विभिन्न संघसंगठनले आपत्ति समेत जनाएका छन्। सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार लामिछानेले गरेको पत्रकार महासंघ, नेपाल प्रेस युनियन, नेपाल मिडिया सोसाइटीलगायतका संघसंगठनले आपत्ति जनाएका हुन्।

उक्त पत्रकार सम्मेलनमा लामिछानेले नेपाली पत्रकारिताको लेबल नमिलेको आरोप लगाएका थिए। “नेपाली पत्रकारिताको लेबल भएन” सही ढंगले लेख्नुस् चल्छ ” उनले भने, “तर गलत ढंगले लेखेमा कुनै पनि मिडियालाई मान्दिनँ । साथै उनले मिडिया हाउस घेर्ने बताउँदै नेपाली जर्नालिजमले आफ्नो लेबल गुमाएको तर्क गरेका थिए ।

उनले भने “भविष्यमा कुनै पनि पत्रिकाले लेखेको समाचारको गलत चिज गर्‍यो भने म त्यो पत्रिकाको कार्यालयमा त्यो अनलाइनको कार्यालयमा धर्ना बसेर हुन्छ कि आफ्ना साथीहरूलाई लिएर गएर हुन्छ कि, म त्यसलाई आफ्नो ढंगले कारबाही गर्छु। ”

यसअघि उनि उपप्रधानमन्त्रि एवं गृहमन्त्रिमा नियुक्त भएका थिए। साथै उनि नेपाली नागरिकता सम्बन्धि विवादमा परेका थिए। सोहि कारणले उनको पद समेत गुमेको छ। अझै पनि उनि माथि विभिन्न आरोपमा उजुरी भइरहेका छन्।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *