टर्की र सिरियामा गएको भूकम्पबाट १५ हजार जना भन्दा बढीले ज्यान गुमाए

टर्की र सिरियामा बिहिबार गएको विनाशकारी भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या मात्रै १२ हजार तीन सय ९१ जना पुगेको हो।

यस्तै बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको टर्कीएका राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि टर्कीमा ४४ हजारभन्दा बढी मानिसहरु घाइते भएका छन्।
घाइते भएकाहरुलाई अस्पताल पु-याउने कार्य जारि रहेको बताइएको छ।

यस्तैगरि सिरियामा पनि भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । उक्त देशमा दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ बजे ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

टर्कीए र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *