राजनैतिक दाउपेच र षड्यन्त्रलाई छिचोल्दै पार्टीले सरकारको नेतृत्व लिएको अध्यक्ष प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न राजनैतिक दाउपेच र षड्यन्त्रलाई छिचोल्दै पार्टीको नेतृत्वमा सरकार निर्माण भएको बताएका छन्। काठमाडौंमा बसेको स्थायी समिति बैठकमा समसामयिक राजनीतिबारे ब्रिफिङमा बोल्दै उनले अहिलेको सरकारको नेतृत्वले समग्र पार्टी र आम जनसमुदायमा सकारात्मक प्रभाव पारेको बताएका हुन्।

“हामी यतिबेला गम्भीर चुनौती र महान् अवसरका बीचमा आइपुगेका छौँ।” उनले भने, “प्राप्त भएको महान् अवसरले पार्टी पुनः निर्माणको बलियो आधार बनेकाले सिङ्गो पार्टीपंक्ति एकढिक्का भएर जनस्तरका समस्याहरु समाधान गर्दै पार्टी पुनरनिर्माण र सबै तहका सरकारलाई सफल तुल्याउन दृढतापूर्वक लाग्न जरुरी रहेको छ”।

यस्तै पार्टी नेतृत्व सरकार प्रति प्रतिगमकारी शक्तिहरुबाट विभिन्न भ्रम जालझेल, षड्यन्त्र र गणतन्त्र र संघीयता विरोधी विभिन्न आवाजहरु आउन थालेको समेत उनले टिप्पणी गरे। प्रकारका गलत एवं निन्दनीय हर्कतप्रति पार्टीपंक्ति सचेत रहँदै जनस्तरमा बहस छलफल चलाएर प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धी प्राप्त गर्न क्रियाशिल रहन पर्ने आवश्कता महसुस भएको बताए।

उनले भने,”गलत एवं निन्दनीय हर्कतप्रति पार्टीपंक्ति सचेत रहँदै जनस्तरमा बहस छलफल चलाएर प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धी प्राप्त गर्न क्रियाशिल रहन पर्ने आवश्कता महसुस भएको छ।”

उनले सरकारका तर्फबाट पेश गरिएको साझा न्यूनतम् कार्यक्रम, संसदमा प्रधानमन्त्रीको पहिलो सम्बोधन र विश्वासको मत लिँदा गरिएको सम्बोधनले सरकार राष्ट्र, राष्ट्रियता, सुशासन, तीव्र आर्थिक विकास र समृद्धिप्रति प्रतिवद्ध छ भन्ने कुरा जनस्तरसम्म विश्वास पैदा हुँदै गएको र विश्वासको मतसम्म आउँदा राष्ट्रिय सहमति बन्न सक्ने आधार तय भएको उल्लेख गरे।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *