रविको दोहोरो राहदानी प्रकरणमाथि सरकारी वकिलले थाले अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी विषयमा परेको उजुरीमाथि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ ।

लामीछानेमाथि दोहोरो राहदानी लिएको भन्दै मंगलबार जाहेरी परेपछि बुधबार सरकारी वकिलको कार्यालयले विभिन्न तीन निकायबाट रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी कागजात संकलन सुरु गरेको हो।

अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागलाई बुधबार पत्राचार गरी लामिछानेको राहदानी र नागरिकतासम्बन्धी कागजात मगाइको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी नेउपाने बताए। “मंगलबार जाहेरी परेपछि हामीले बुधबार तीनवटै निकायलाई पत्राचार गरेर कागजात मगाएका छौं ।” उनले भने, “उताबाट जवाफ आएपछि थप प्रक्रिया सुरु हुन्छ ।”

यसअघि युवराज पौडेलले लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आई राहदानी (पासपोर्ट) लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गरिपाउँ भनी प्रहरी प्रसाशनमा दर्ता गराउन गएका थिए। तर प्रहरीले उक्त रित निवेदन दर्ता गर्न नमानेपछि उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेका थिए।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *