सुनचाँदी बजारमा प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

आज नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँमा सुनको व्यापार हुँदै छ। साथै तेजावी सनुको मूल्य एक लाख ३ हजार एक सय र चाँदीको मूल्य तोलामा १ हजार २९० रुपैयाँ तोकिएको छ ।

यसअघि बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो। शुक्रबार भने एकै चोटी १ हजार ३ सयले घटेको हो। बिहीबार सुनको मूल्य एक लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *