आकस्मिक बाहेक आज देशभर स्वास्थ्य संस्था बन्द

नेपाल चिकित्सक संघले आज देशभर स्वास्थ्य संस्था बन्द गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरी हवल्दारले हातपात गरेको बिरोध जनाउँदै संघले आकस्मिक बाहेक अरु स्वास्थ्य सेवा बन्द गरेको हो।

शनिबार बसेको नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय लिएको थियो । उक्त बैठकमा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त्य गर्न आह्वान गर्दै आज स्वास्थ्य सेवा बन्द गरेको जनाइएको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो भनेको छ, “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयअनुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ

अहिले उक्त घटनामा दोषी भन्दै वरिष्ठ प्रहरी हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *