कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ । कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुचारु गर्ने गरी आजदेखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेकाबाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिनुभयो । उहाँले कार्यालयको सो निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी रहेकोसमेत बताउनुभयो ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply