भत्किएका भवन निर्माणकर्ताहरुलाई टर्की सरकारले धमाधम पक्राउ गर्दै

भुकम्पबाट भत्किएका भवनहरु कमसल रहेको भन्दै टर्की सरकारले भत्किएका भवन निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ गर्न आदेश दिएको छ। टर्की सरकारले सोमबार ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गर्दै भूकम्प प्रतिरोध घर निर्माण नगरेको आरोपमा पक्राउ गर्न आदेश दिएको हो

अहिले उक्त भत्किएका भवन निर्माण गर्ने ठेकेदारसहित कम्तीमा २१ जनालाई पक्राउ गरिसकेको जनाइएको छ। पछिल्लो तथ्याङ्क आनुसार साथै भूकम्प प्रतिरोध घर निर्माण नगरेको आरोपमा सयौंको हाराहारीमा पक्राउ परिरहेका छन्।

सोमवारसम्म आइपुग्दा भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या ३० हजार पुगिसकेको बीबीसीले जनाएको छ। साथै अहिले हिमपात र वर्षाको कारण उद्धार र राहतमा उद्धारकर्मीहरूलाई बाधा पुगिरहेको छ ।

यस अघि सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्ट्राचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीहरुको निष्कर्ष रहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *