हामीलाई असफल हुने छुट छैन, फड्को मार्ने पर्ने छ: प्रधानमन्त्रि प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई असफल हुने छुट नरहेको बताएका छन्। जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै केही समयदेखि संविधानमाथि प्रश्न उठाउने प्रयास भइरहेका समेत बताए।

‘हामीलाई असफल हुने छुट छैन। हामीले सामाजिक न्यायको क्षेत्रमा सुशासनको क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्ने पर्ने छ। उनले भने, ‘संघिय लोकतन्त्रको मर्म, भावनालाई ठिक ढंगले कार्यान्वन गर्न सकिन्छ। ‘

यस्तै उनले जनयुद्ध दिवसलाई सम्बोधन गर्दै जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन्। साथै केही समयदेखि संविधानमाथि प्रश्न उठाउने प्रयास भइरहेको तर्क समेत गरे। ‘केही समयदेखि संविधानमाथि प्रश्न उठाउने प्रयास भइरहेका छन् । उनले भने, ‘यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलनले यसको औचित्य सिद्धका गर्नका लागि दृढ भएर अगाडि बढ्नुको आवश्यकता छ । जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय भएको हो ।’

आज नेकपा माओवादी केन्द्रले पेरिसडाँडामा जनयुद्ध दिवस एक समारोह आयोजना गरि मनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *