जनयुद्ध दिवसमा सार्वजनिक विदा भएपछि द्वन्द पिडित समुदाय उत्रियो सडकमा

काठमाडौँको माइतीघर मण्डलामा द्वन्द पिडित समुदाय तथा नागरिक समाजले विरोध प्रदर्शन गर्दै सार्वजनिक विदा खारेजीको माग गरेका छन्।

प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आज जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएपछि द्वन्द पिडित समुदाय तथा नागरिक समाजले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीले सार्वजनिक बिदा खारेज गरी द्वन्दपीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्। पिडित समुदाय तथा नागरिक समाजले आजको दिन नेपाल र नेपालीका लागि कालो दिन रहेको बताएको छ।

यस्तै सरकारले फागुन १ लाई आजबाट जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोही अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिइएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *