यातायात मजदुर संगठनद्वारा बन्दहडताल फिर्ता, चल्ने भयो सार्वजनिक यातायात

यातायात मजदुर संगठनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको वार्तापछि बन्दहडताल फिर्ता लिएको छ। आज बिहान बसेको बैठकमा मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले हडताल फिर्ता लिन सहमत भएको हो।

सोमबार संगठनले १० बुंदे माग राख्दै प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो । आज बिहान देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गरिएको थिएन। अहिले उक्त वार्तापछि सार्वजनिक यातायात चल्ने भएको जनाइएको छ।

यस्तै मन्त्री श्रेष्ठको सचिवालयमा रहेका विजय गौतमले सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको समेत भएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *