संसदको अभिलेख व्यवस्थापनमा सभामुख घिमिरेको चासो

सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनमा चासो लिएका छन्। सभामुख घिमिरेले मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिएका हुन् ।

उनले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिए । सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिए । उनले संसद् संग्रहालयको समेत निरीक्षण दिएका थिए ।

सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा थिए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *