पाल्पाको रामपुर नगरपालिका-१ फोक्सिङ्कोटमा एकनाले भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको छ। सोहि स्थान बस्ने पोख्रेल टोल बस्ने ७७ वर्षीय सन्त बहादुर बिकलाई एकनाले भरुवा बन्दुक १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
प्रहरीको अनुसार सोहि ठाउँ बस्ने सुभराज बिकको कुकुरले आफ्नो कुखुरा खाएको भन्दै सन्त बहादुरले एकनाले भरुवा बन्दुकले उक्त कुकुरलाई हानी मारेका थिए। बन्दुकले कुकुर मारेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
अहिले उक्त बिषयमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply