आजबाट भृकुटीमण्डपमा जुत्ता चप्पल प्रदर्शनी सुरु

आज काठमाण्डौको भृकुटी मण्डपमा राष्ट्रिय छाला जुत्ता चप्पल तथा वस्तु प्रदर्शनी सुरु भएको छ। नेपाल छाला जुत्ता उत्पादन संघद्वारा आयोजित उक्त प्रदर्शनीमा प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि भागावती चौधरीले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो।

वि.स २०६६ सालमा स्थापना भएको नेपाल छाला जुत्ता उत्पादन संघ भृकुटी मण्डपमा निरन्तर जुत्ता चप्पलको परदार्शानी आयोजना गर्दै आएको छ। स्थापना काल देखि दक्ष कालिगड उत्पादन गर्ने हिसाबले उक्त संघले विभिन्न सिपमुलक तालिम समेत दिंदै आएको छ। नेपालका सम्पूर्ण लघु उद्यमी जुत्ता व्यवसायी, परम्परागत व्यवसायीहरुलाई समेट्ने लक्ष्य सहित संघले उपत्यका लगायत नेपालको अधिराज्य भरि नै आफनो सम्बन्ध विस्तार गर्दै जुत्ता चप्पलहरु उत्पादक उद्यमीहरुसंग सुमधुर सम्बन्ध स्थापित गरिरहेको छ।

यस्तै सोहि संघले सशक्त रुपले सक्रिय भइ अगाडी बढ्ने क्रममा परम्परागत जुत्ता व्यवसायलाई विस्तार गरिरहेको छ। हाल सम्म संघमा अधिकांस साना व्यवसायी मात्र आवद्ध रहेका छन्। जो कानुन सम्बद्ध दर्ता भइ वार्षिक रुपमा राजस्व पनि तिर्दै आएका छन्। महासंघका जुत्ता चप्पल व्यवसायमा संलग्न सय भन्दा बढी उद्यमीहरु भैसकेको नेपाल छाला जुत्ता उत्पादन संघका अध्यक्ष हरिराम बोगतेले बटाउनुभयो।

उहाँको अनुसार दर्ता प्रक्रियामा रहेका यस संघमा काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ्ग, दैलेख, सुर्खेत, दाङ्ग, इटहरी लगायत जिल्लाका उद्यमी आबद्ध रहेका छन्। उनीहरुको साझा समस्यालाई समाधन गर्न यस संघले अग्रिम भूमिका खेल्दै आएको छ” उहाँले भन्नुभयो, “स्थापना खाल देखि नै दक्ष कालिगड लिएर जुत्ता चप्पल बनाउने उद्देश्यमुलक तालिम दिंदै आएको छ। विभिन्न जिल्लामा ४ सय महिलालाई नि:शुल्क तालिम प्रदान गरिसकेको छ।

यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि भागावती चौधरीले नेपाली उद्योग र उद्योगीले देशलाई आत्मा निर्भर बनाउन सकिने बताउनुभयो। थप तालिम, प्रविधिको प्रयोग, विदेशी जस्तै आधुनिकतामा उत्पादनलाई ढालेर नेपाली उद्योग प्रवर्द्धन गर्न सकिने समेत सुझाव दिनुभयो। ” एउटा कम्पनीले वार्षिक रुपमा १ करोड सम्म व्यापार गरेको छ। उहाँले भन्नुभयो, उद्योग प्रवर्धन गर्न सके निर्यात बढछ। यसबाट राज्यले पाउने राजस्वबाट अन्य विकासमा टेवा पुग्छ। ”

यस्तैगरि सोहि कार्यक्रममा सहभागी नेपाल घरेलु तथा सानो उद्योग महासंघको अध्यक्ष उमेश सिङले नेपालमा लघु घरेलु सानो उद्योग ३० प्रतिशत मात्रै चलेको बताउनुभयो। उक्त प्रतिशतको उद्योगमा ३२ लाख मानिसले रोजगारी पाएको समेत जानकारी दिनुभयो। नेपालमा ३० प्रतिशत उद्योग चलेको छ। ३० प्रतिशत उद्योगमा ३२ लाख मानिसले रोजगारी पाएका छन्। उहाँले भन्नुभयो, “१ सय प्रतिशत उत्पादन गर्न सके देशको आधा भन्दा बढीले रोजगारी दिन सक्थ्यो। ”

यतिबेला भृकुटीमण्डपमा विभिन्न छालाबाट बनेका जुत्ता चप्पल तथा बस्तुहरु विक्रीको लागि राखिका छन्। प्रदर्शनीमा राखिएका जुत्ता चप्पल खरिद गर्दा १५ देखि २५ प्रतिशत सम्म छुट पाइने जनाइएको छ। प्रदर्शनी फागुन ३ गते देखि ९ गते सम्म संचालन हुने छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *