सिलिन्डर बिस्फोट नभइ स्विचको झिल्कोले आगलागी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर बिस्फोट भएर आगालागी नभएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। बुधबार भण्डारीको घरमा राती ग्याँस गनाएपछि उनि किचनमा पुगेर बत्ती बाल्न पुगेका थिए। प्रहरीको अनुसार भण्डारीकी आमा हरिकलाले सवा १० बजे ग्याँस गनायो भन्दै उनलाई बोलाएकी थिइन्।

उनको छोरा भण्डारीले बत्ती बाल्न किचनको स्विच अन गरे लगत्तै आगो सल्किएर फैलिएको हुनसक्ने काठमाडौं प्रहरी परिसर प्रवक्ता सिताराम रिजालका बताए। “हामीले विद्युतका प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आगो झिलिक्क गर्ने हुँदा त्यसैले फैलिएको ग्याँस समात्न सक्ने देखिन्छ।” उनले भने,”अन्य विषयमा थप अनुसन्धान भइरहेको छ। ”

उक्त आगलागीमा परि गम्भीर घाइते आमा छोरा दुवैलाई तत्कालै कीर्तिपुरस्थित बर्न सेन्टर लगिएको थियो। तर उपचारका क्रममा हरिकलाको बिहीबार बिहान निधन भएको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *