बुधबार , साउन १५, २०८२
सिलिन्डर बिस्फोट नभइ स्विचको झिल्कोले आगलागी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष – News Nepal Media
Trend

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर बिस्फोट भएर आगालागी नभएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। बुधबार भण्डारीको घरमा राती ग्याँस गनाएपछि उनि किचनमा पुगेर बत्ती बाल्न पुगेका थिए। प्रहरीको अनुसार भण्डारीकी आमा हरिकलाले सवा १० बजे ग्याँस गनायो भन्दै उनलाई बोलाएकी थिइन्।

उनको छोरा भण्डारीले बत्ती बाल्न किचनको स्विच अन गरे लगत्तै आगो सल्किएर फैलिएको हुनसक्ने काठमाडौं प्रहरी परिसर प्रवक्ता सिताराम रिजालका बताए। “हामीले विद्युतका प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आगो झिलिक्क गर्ने हुँदा त्यसैले फैलिएको ग्याँस समात्न सक्ने देखिन्छ।” उनले भने,”अन्य विषयमा थप अनुसन्धान भइरहेको छ। ”

उक्त आगलागीमा परि गम्भीर घाइते आमा छोरा दुवैलाई तत्कालै कीर्तिपुरस्थित बर्न सेन्टर लगिएको थियो। तर उपचारका क्रममा हरिकलाको बिहीबार बिहान निधन भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP