अनेरास्ववियुको अध्यक्षतर्फ समिक बडाल निर्वाचित

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनमा अध्यक्षतर्फ समिक बडाल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएका हुन्।

उक्त निर्वाचनमा बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए। यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भएका छन्। साथै महासचिव नरेश रोकाया विजय भएका छन्। उनी सात सय ३३ मत प्राप्त गरी विजय भएका छन्।

सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खकुरेलले जानकारी दिए।

यस्तैगरि सोहि मतदान कार्य ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी भएको थिए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *