मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको डिब्बा ट्रकले विपरित दिशाबाट आउँदै गरेको गा १५ प ३९६९ नम्बरको स्कुटरलाई मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ रामडाडाँमा ठक्कर दिएको थियो।

उक्त ठक्करमा कास्की जिल्ला निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियारको मृत्यु भएको मकवानपुर प्रहरी कार्यालयले जनाको छ।

अहिले ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *