कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस नै पदमा जाने बताएका छन्। उनले आज नेपाल जेसिसको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका हुन्।

“राजनीतिक शक्ति सन्तुलनका लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रपति बनाउन प्रयास गर्छाैं” उनले भने, “कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ”

सत्ता गठबन्धनतर्फको एक घटक नेकपा एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ। अर्को तिर नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिँदै आएको छ ।

तर सत्ता विवादका बीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने रणनीति बनाउँदै छ । कांग्रेस नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको खेल स्वाभाविक हुने समेत बताएका छन्।
कार्यक्रम छ ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका हुँदै छ त्यसको लागि १३ गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *