टर्की भुकम्प अपडेट: मृत्यु हुनेको संख्या ४६ हजार भन्दा माथि नाघ्यो

भूकम्पमा परि टर्की र सिरयामा मृत्यु हुनेको संख्या ४६ हजार भन्दा माथि पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार टर्कीमा मात्रै ४० हजार छ सय ४२ जनाको मृत्यु भएको छ भने सिरियामा पाँच हजार ८ सयले ज्यान गुमाएका छन्।

यस्तै टर्कीमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका सुचना अधिकारीहरुले जानकारी दिएका छन्। साथै टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ।

विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ। यस्तैगरी खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक परिचलन गरिएका छन्।

अझै पनि मृतकहरुको सङ्ख्या बढ्नसक्ने जनाइएको छ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *