रौतहटमा प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँच जना पक्राउ

रौतहटमा प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। रौतहटको गौर नगरपालिका-६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग.१ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि उनीहरुले अपशब्द प्रयोग गरी गाली गलौज गरेका थिए। प्रहरीमाथि गालिगलौच भएपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट समेत गरेका थिए।

अहिले उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *