आज नेप्सेमा दोहोरो अंकको गिरावट

आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको हो। ।

यस्तै कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । एक सय ७७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

आइतबार भएको सेयर बजारमा कूल ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर रु एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ मूल्यमा खरिद बिक्री भए । बजार पुँजीकरण रु २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख सात हजार सात सय ५४ बराबर रहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *