नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाको सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए।
अहिले भारतको मुम्बईमा उपचाररत भण्डारीको जलेको भागमा सुधार भइरहेको कांग्रेस नेता नेता योगराज कँडेलले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ” ‘हाल कृत्रिम अक्सिजन पुनः ३५ प्रतिशतमा राखिएको छ, आज फेरी ट्रायल गर्ने रे । स्वास्थ्य अवस्था नर्मल हुँदै गएको छ”
उहाँको अनुसार सांसद भण्डारीलाई नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ। आइतबार भण्डारीलाई छातीको फिजियो गराइएको थियो।
नेता भण्डारीको अनुहार, दुवै हात र गोडामा ३० प्रतिशत जलेको थियो।

Leave a Reply