राष्ट्रपतिको निर्वाचनको लागि आयोगले आज मतदाता नामावाली प्रकाशन गर्दै

निर्वाचन आयोग नेपालले आज राष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावाली सार्वजनिक गर्ने भएको छ। आयोगले रास्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुको नाम सार्वजनिक गर्ने छ।

यसअघि आयोगले निर्वाचनको कार्यतालिका प्रकाशन गर्दै फागुन १० गते राष्ट्रपति निर्वाचनमा मतदाता नामावाली प्रकाशन गरिने जनाएको थियो। अहिले आयोगमा राष्ट्रपति निर्वाचनमा मतदाताहरुको सूची पठाइसकेको बताइएको छ।

आयोगको अनुसार राष्ट्रपतिको निर्वाचनमा मतदान अधिकृतको रुपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई राखिने भनिएको छ। यस्तै उक्त निर्वाचनको मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर रहने जनाइएको छ।

यहि फागुन १३गते रास्ट्रपतिको लागि राजनीतिक दलहरुको उम्मेदवारी दर्ता गरिने छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *