राष्ट्रपतिको निर्वाचन नजिकिए सँगै दलहरुमा दौडधुप तिव्र

राष्ट्रपतिको निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी रहेको छ। आउँदो शनिवारका लागि उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।

यतिबेला राष्ट्रपति निर्वाचन नजिकिए सँगै विभिन्न राजनितिक दलहरुको आन्तरिक गृहकार्य समेत तिव्र भएको छ। साथै दलगत समीकरण निर्माणमा समेत अहिले नेताहरुको दौडढुप तिव्र बन्दै गएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । उक्त भेट वार्तामा लोसपाका नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

अहिले नेताहरुको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले सकरात्मक रहेको तर अरु ठूला दलसँग पनि सहमति मिलाउनु पर्ने बताइएको छ। यस्तै सोहि भेटमा नेपाली कांग्रेस र एमाले शीर्ष नेताहरुलाई भेट गरेर आज र भोलीमा नेता महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवारको रुपमा प्रस्ताव गरिने लोसपा नेता केशब झाले बताउनुभयो।

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताउनुभएको छ । राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको बताउँदै अध्यक्ष नेपालले यस्तो भन्नु भएको हो।

“अहिले बजारमा हल्ला धेरै छन् । उहाँले भन्नुभयो, “चर्चा परिचर्चा धेरै छन् । तर मैले नै आफू के गर्ने सोचिसकेको छैन। पावर सेरिङ’मा पार्टीको भूमिका हुनुपर्दछ तर अरुले फाइदा उठाउने कुरा मान्य हुन्दैन।” उहाँले फेरि थप्नुभयो, “राष्ट्रपतिको लागि अहिले हाम्रो पार्टीले निर्णय लिएको छैन। ”

यसैगरि उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार समेत सार्वजनिक भएको बताउंदै प्रेसमा आएका सबै समाचार साँचो नभएको जिकिर गर्नुभयो। “प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन”, उहाँले भन्नुभयो, “अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।”

राष्ट्रपतिको निर्वाचन यहि फागुन २५ गते हुँदै छ। भने यहि १३ गते उम्मेद्वारी दर्ताको कार्यतालिका रहेको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *