आज सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भुकम्प गएको छ। बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतको अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुकम्पको धक्का महसुस गरिएको थियो। तर भुकम्पबाट कुनै पनि क्षति भएको छैन।
यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान समेत गएको थियो।

Leave a Reply