सांसद भण्डारीले आज मुखबाट खाए खाना

ग्यासको आगोमा परि घाइते भएका कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रुपले सुधार आउदै छ। उहाँले आज मुखबाट खाना खुवाइएको जनाइएको छ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सांसद भण्डारीको प्रेसर मास्क अक्सिजन ५ लिटरमा झारिएको छ । भोलि पनि यहि प्रक्रिया गराइने र अहिले भण्डारीका स्वास्थ्य सम्बन्धि सबै पारामिटरहरु नर्मल रहेको जनाइएको छ।

सामाजिक सञ्जालमा भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न प्रश्न सोधिने क्रम बढेपछि चिकित्सकहरुले नै उहाँको उपचाररत अवस्थाको फोटो सार्वजनिक गर्न अनुमति दिएको जनाइएको छ।

भारतमा रहनुभएका योगराज कंडेलको अनुसार भण्डारीको कम्तिमा २१ दिन सम्म ग्राफ्टिंगको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यस पश्चात मात्र भेटघाट गर्न सकिने छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *