घुस खाएको सत्य प्रमाण ल्याएमा आफू झुण्डिन तयार रहेको अध्यक्ष लिङ्देन दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनले आफूमाथि लागेको आरोपमा कसैले सत्य प्रमाण ल्याएमा आफू झुण्डिन तयार रहेको दाबी गरेका छन् ।

उहाँले आरोपको खण्डन गर्दै आफुले एकरूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको बताउनुभयो।

नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विधुत खरिद सम्झौता (पीपीए) गर्दा एक अरब लिएको भन्दै आलोचना भएपछि मन्त्री लिङ्देनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सामाजिक संजालमा एक पोष्ट गरेका छन्। उहाँले लेख्नुहुन्छ “केही दिन अघि नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विधुत खरिद सम्झौता (पीपीए) गर्दा मैले एक अरब रकम लिएको भनि सुनियोजित ढंगबाट गरिएको दुष्प्रचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।”

यस्तै उहाँले विधुत खरिद सम्झौतामा मात्र नभइ आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा एक रूपैयाँ पनि हिनामिना नगरेको बताउनुभयो। साथै आफुले घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको समेत उल्लेख गर्नुभयो। “विधुत खरिद सम्झौतामा मात्र होइन मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा मैले एकरूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु ।”

यस्तैगरी आफुले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्ने जिकिर गर्नु भएको छ। साथै उहाँले उक्त भनाइ कसैलाई भन्न र प्रचारका लागि मात्र प्रयोग गरेको वाक्य नभएको प्रष्ट पार्नुभयो। उहाँ लेख्नुहुन्छ, “भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्नेछु।” मैले यो कसैलाई भन्न र प्रचारका लागि मात्र प्रयोग गरेको वाक्य होइन ।”

अध्यक्ष लिङ्देनले आफ्नो शुभेच्छुकहरुमा निश्चिन्त रहन आग्रह गर्दै आफुले नराम्रो काम कहिले नगर्ने समेत बताउनुभयो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *